बाजुरामा टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

  मङ्गलबार १३, जेठ २०८२ १२:५९

धनगढी । बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थल मै मृत्यु भएको छ।

जगन्नाथ गाउँपालिका- २ को काँडाकोटमा मंगलबार बिहान साढे ९ बजे  नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख  लोक बहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीको मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार तीनै जनाको घटनास्थलमा ९प्रेसपत्र० मृत्यु भएको हो भने जिपमा सवार अन्य दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन् । टेलिकमको जिप टावर मर्मतका लागि घटना भएको क्षेत्रमा पुगेको प्रहरीले जनाएका छन्  ।

clock मङ्गलबार १३, जेठ २०८२ १२:५९

प्रतिक्रिया