प्रहरीको आचरण र ब्यवहार सुद्धिकरण पहिलो प्रार्थमिकतामा : डिआइजी बि.क

  सोमबार १२, जेठ २०८२ २०:१३

धनगढी । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआइजी) डम्बर बहादुर बि.क ले सबैभन्दा पहिले प्रहरीको आचरण सुधार गर्ने बताएका छन् ।

धनगढी स्थित प्रदेश प्रहरी कार्यालयमा सञ्चारकर्मीहरु सगंको परिचयात्मक कार्यक्रममा बोल्दै डिआइजी बि।क ले प्रहरीको आचरण सम्बन्धी धेरै प्रश्न उठेकाले सबैभन्दा पहिले प्रहरीको आचरण सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

सबैभन्दा पहिले प्रहरी सुधार भयो भने अरु सुधार्न सकिन्छ उनले भने “त्यसैले प्रहरीको आचरण सुधार गर्दै अन्य समस्याहरुको समाधान तिर लाग्नुपर्ने हो, यहाँ सबैभन्दा बढी लागु औषधको समस्या देखियो, बाजुरामा समेत यसको प्रभाव छ, त्यस कारण लागु औषधको बिगबिगी घटाउन अन्य निकाय सगं सहकार्य गर्छौँ ।”

लागु औषधको बिरुद्धमा अभियानै सञ्चालन गर्ने योजना छ उनले भने “वडा, बिद्यालय, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै सगं समन्वय गर्ने छौँ, त्यसका साथै यहाँका समस्या सम्बोधन गर्न नागरिक केन्द्रित प्रहरी अभियान सञ्चालन गछौँ, केन्द्रको निर्देशन बमोजिम हाम्रा कार्यक्रम जिल्लामा देखिएका समस्या सम्बोधन गर्ने खालले अघी बढ्ने छन् ।”

clock सोमबार १२, जेठ २०८२ २०:१३

प्रतिक्रिया