भूमी सम्बन्धी नीति ल्याउन विलम्ब गर्न नहुने : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी नीति ल्याउन विलम्ब गर्न नहुने बताउनु भएको भएको छ ।
विहिबार सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको भूमि नीति मस्यौता उपर छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले भूमीहिन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबास, मुक्त कमैया, हलिया, कमलरी तथा वादी समुदायको पुनर्स्थापना सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया