राष्ट्रिय युवा संघ महाधिवेशन : लोकप्रिय युवा अरुण कुँवरले सचिवमा उम्मेदवारी दिने
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनको बन्दसत्र पोखरामा जारी छ। शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको उक्त महाधिवेशन बन्दसत्रमा प्रवेश गरेर नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ।
बन्दसत्रबाट सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि आकांक्षी नेताहरुबीच सहमति जुट्न नसक्दा निर्वाचनको प्रक्रियामा जाने देखिएको छ। खासगरी अध्यक्षमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
उक्त महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा सुदूरपश्चिमका उदयमान युवा नेता अरुण कुँवरले सचिव पदमा आफ्नो उम्मेदवारी दिने भएका छन् । हाल राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्ष समेत रहेका कुँवर युवाहरुमाझ लोकप्रिय मानिन्छन।
खासगरी युवाहरुका मुद्दामा आफुलाई सशक्त उभ्याएका उनले प्रदेश अध्यक्ष हुँदा पार्टीमा युवा आकर्षण बढाउन विभिन्न लोकप्रिय कार्यक्रमहरुपनि ल्याएका थिए।सुदूरपश्चिमको उदाउँदो युवा नेताका रुपमा स्थापित कुँवरलाई युवा संघका पुर्व अध्यक्ष महेश बस्नेत लगायतका नेताहरुको दरिलो साथ छ।
सुदूरपश्चिमबाट पनि केन्द्रीय नेताहरुका विश्वासपात्रका रुपमा चिनिएका कुँवरलाई एक अब्बल दावेदारका रुपमा हेरिएको छ। राष्ट्रिय युवा संघ नेपालको बन्दसत्रमार्फत निर्वाचनका गतिविधिहरु आइतबार विहानबाट संचालन हुने एमालेका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया