धनगढीमा ब्युरोबाट खटिआएको असई हु भन्दै रकम माग गर्ने एक जना पक्राउ
धनगढी । धनगढीमा ब्युरोबाट खटिआएको असई हु भन्दै रकम माग गर्दै गरेको अवस्थामा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका– ५ शिवनगर बस्ने २६ वर्षिय निराजन थापालाई असई भन्दै रकम माग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
विगत २र३ दिन देखी थापाले उपमहानगरपालिका– ४ बसपार्कस्थित धामी होटलका सञ्चालक मोहन सिँ धामीलाई पटक पटक होटलमा आई ब्युरोबाट खटिआएको असई हु भन्दै रकम माग्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भैरहेको बताईएको छ ।
प्रतिक्रिया