धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा मृत्यु

  आइतबार ११, जेठ २०८२ ०६:५८

धनगढी । धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा भारतमा मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–७ को जोखर ताल नजिक ६ जेठमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २ वर्षीय देजल मल्लको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले मल्लको उपचारका क्रममा भारतको रुद्रपुरमा रहेको मेडीसिटी अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन् ।

उनकाअनुुसार बालकलाई जेठ ४ गते साँझ करीब ६ बजेतिर जाखोर ताल नजिकै भजनी नगरपालिका–४ बिजुलियाका जितेन्द्र चौधरीका १४ वर्षीया छोरा आर्यन चौधरीले चलाएको नम्बर नभएको हाते ट्याक्टरले ठक्कर दिएको थियो । बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा राखिएको छ ।

ट्याक्टरको ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो। धनगढीको निसर्ग अस्पतालले उनको अवस्था जटिल देखिएपछि थप उपचारका लागि भारत रेफर गरेको थियो ।

clock आइतबार ११, जेठ २०८२ ०६:५८

प्रतिक्रिया