धनगढीमा आज ४ घण्टा विद्युत अवरुद्ध हुने
धनगढी । नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रले एक सूचना जारी गर्दै मिति जेठ १० गते बिहान ५ बजेदेखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।
सूचना प्रकाशन गर्दै धनगढी उपमहानगरपालिका– ५ अन्तर्गत डिभोटि होटलदेखि हसनपुर पीपल चौतारासम्म पर्ने सडक बत्ती पोल, तार, बत्ती व्यवस्थापन कार्यका लागि चार घण्टा लाइन बन्द रहने जानकारी गराएको छ।
विद्युत् प्राधिकरणले यस अवधिमा सो क्षेत्रका सम्पूर्ण लाइन अवरुद्ध हुने जानकारी दिएको हो। यसबाट ग्राहकवर्गमा पर्न सक्ने असुविधाका लागि प्राधिकरणले क्षमा याचना समेत गरेको छ।
विद्युत् अवरुद्धका कारण त्यस क्षेत्रका सडक बत्ती सञ्चालनमा समस्या हुन सक्ने हुँदा नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ।
प्राधिकरणले काम सम्पन्न भएसँगै यथाशीघ्र सेवा पुनः सुचारु गरिने समेत सुचनामा उल्लेख गरेको छ।
प्रतिक्रिया