गोदावरीका प्रकाशको हत्या आरोपित ४ वर्ष पछि पक्राउ
अत्तरिया । कैलालीको गोदावरीका प्रकाश नेपालीको हत्या आरोपित उमेश नेपाली ४ वर्ष पछि पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका – ५ का २० वर्षीय प्रकाश नेपालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी परेपछि फरार रहेका गोदावरी नगरपालिका – ५ का २७ वर्षीय उमेश नेपाली पक्राउ परेका हुन ।
प्रकाशको २०७८ माघ २ गते मृत्यु भएको थियो । पक्राउ परेका उमेश माथि कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया