कैलालीको टीकापुरमा युवती घरमै मृत फेला

  शनिबार १०, जेठ २०८२ ०७:१५

टीकापुर । कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

टीकापुर नगरपालिका–२ सितापुरकी २२ वर्षीया कविता ठकुल्लाले गएराति आफ्नै घरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी कोठामा झुन्डिएको स्थितिमा भेटिएकी थिईन् । राति साढे ११ बजे घरको कोठाभित्र पंखामा पासो लगाई झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock शनिबार १०, जेठ २०८२ ०७:१५

प्रतिक्रिया