कैलालीको घोडाघोडी नजिकै ट्रक दुर्घटना
धनगढी । पुर्बपश्चिम रार्जमार्ग अन्तरगत कैलालीको घोडाघोडी नजिकै ट्रक दुर्घटना भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० को राधेराधे मन्दिर नजिकै लुप्र०१००१ ख ०४८१ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ट्रक चालक कपिलवस्तुका सिताराम थारू चौधरी घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक धनगढीतर्फ आइरहेको थियो ।
प्रतिक्रिया