प्रदेश प्रमुुखले गरे सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान

  शुक्रबार ०२, जेठ २०८२ १२:०१

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ।

बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको थियो। सोही अनुसार प्रदेश प्रमुखले ११ जेठमा पहिलो बैठक बस्नेगरि बजेट अधिवेशन आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

प्रदेश प्रमुखका स्वकीय सचिव साविर मियाँले सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी दिए। मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ।

clock शुक्रबार ०२, जेठ २०८२ १२:०१

प्रतिक्रिया