माओवादी सुदूरपश्चिम संसदीय दलको नेता परिवर्तन, १६ महिना पछि भट्टको ‘कम्ब्याक’

  शुक्रबार ०२, जेठ २०८२ ०८:१६

धनगढी । सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेता परिवर्तन गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो ।

 

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । बिहीबार डडेल्धुराको एक सरकारी कार्यालयको गेस्ट हाउसमा बसेको बैठकले पुन संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरेको हो ।

 

माओवादीका सबै सांसदहरूको उपस्थितिमा संसदीय दलको नेता परिवर्तन गरिएको उपमहासचिव तथा प्रदेश इन्चार्ज पोखरेलले जानकारी दिए ।

 

माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए । आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन् ।

clock शुक्रबार ०२, जेठ २०८२ ०८:१६

प्रतिक्रिया