अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा कार्की चयन

  शुक्रबार २७, बैशाख २०८२ ०७:१९

बैतडी । नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा पार्वती कार्की चयन भएका छन् । 

बिहीबार सम्पन्न भएको संघको पाँचौं अधिवेशनले कार्कीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटि चयन गरेको हो ।

उक्त कमिटिको उपाध्यक्षमा अञ्जु टमाटा र सरस्वती कोली, सचिवमा शकुन्तला साउँद, सहसचिवमा लिलावती जोशी, कोषाध्यक्षमा पार्वती भुल लगायत अन्य सदस्यहरु रहेका छन् ।

clock शुक्रबार २७, बैशाख २०८२ ०७:१९

प्रतिक्रिया