धनगढीमा कैलारी गाउँपालिका–७ का वडाध्यक्ष बममाथि कुटपिट, तीन जना पक्राउ

  बुधबार २५, बैशाख २०८२ २०:१९

धनगढी । धनगढीमा एक वडाध्यक्षमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दीपेन्द्र बममाथि वैशाख १५ गते राति कुटपिट भएको हो।

धनगढी उपमहानगरपालिका–८ स्थित कान्तिपुर टोलमा वडाध्यक्ष बम र त्यही बसोबास गर्ने केही युवाबीच झडप भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजकुमार सिंहका अनुसार कुटपिटमा संलग्न भएको आरोपमा तीन जना युवालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूमा धनगढी–८ का २८ वर्षीय सन्तोष चौधरी, कैलारी–२ बसौटी घर भई हाल धनगढी–८ मा बस्दै आएका २२ वर्षीय अनुराज चौधरी र २७ वर्षीय महेन्द्र चौधरी रहेका छन्।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको छ।

clock बुधबार २५, बैशाख २०८२ २०:१९

प्रतिक्रिया