भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह आज स्वदेश फर्किंदै
धनगढी । साताव्यापी भारत भ्रमण सकेर सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आज (मंगलबार) स्वदेश फर्किदै छन् ।
भारत सरकारको निमन्त्रणामा गतसाता मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय उच्चस्तरिय सरकारी टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट भारत भ्रमणमा गएको थियो ।
भारत भ्रमणमा रहँदा मुख्यमन्त्री शाहले विशिष्ट व्यक्तिहरुसँगको भेटघाटमा कृषि, पर्यटन, उर्जालगायत क्षेत्रको विकास सन्दर्भ छलफल गरेका थिए । टोली आज लखनउबाट स्थलमार्गबाट ४ बजे कैलाली आईपुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया