भूमि अधिकार तथा श्रमिक संगठनको दोस्रो राष्ट्रिय अधिवेशन टीकापुरमा हुने

  सोमबार २३, बैशाख २०८२ १०:१३

टीकापुर । भूमि अधिकार तथा श्रमिक संगठनको दोस्रो राष्ट्रिय अधिवेशन कैलालीको टीकापुरमा हुने भएको छ। बैशाख २३ र २४ गते टीकापुरमा हुने उक्त अधिवेशनबारे सोमबार पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिइएको छ ।

कार्यक्रमबारे जानकारी दिंदै संगठनकी अध्यक्ष शान्ता चौधरीले अधिवेशन भूमि अधिकार आन्दोलनमा नयाँ दिशा दिनेगरी आयोजना गर्न लागिएको बताइन्। उनले देशभरबाट प्रतिनिधिहरू सहभागी हुने जनाउँदै अधिवेशनले संगठनको नीति, कार्यक्रम तथा नेतृत्व चयन गर्ने बताइन्।

अधिवेशनमा नेकपा एमालेका शीर्ष नेताहरूको पनि सहभागिता हुने जनाइएको छ। यद्यपि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिए पनि उनको उपस्थिति अहिलेसम्म टुंगो लागेको छैन। तर, पार्टी महासचिव शंकर पोखरेलको भने उपस्थिति सुनिश्चित भएको संगठनले जनाएको छ।

दोस्रो राष्ट्रिय अधिवेशनमा भूमि अधिकार, श्रमिक अधिकार, सामाजिक न्याय, समावेशी नीति लगायत विषयमा छलफल हुने र भावी रणनीति तय गरिने कार्यक्रम आयोजकले जनाएको छ ।

clock सोमबार २३, बैशाख २०८२ १०:१३

प्रतिक्रिया