जिफन्ट सुदूरपश्चिमद्वारा आयोजित अन्तरराष्ट्रिय श्रमिक दिवस सम्पन्न

  शुक्रबार २०, बैशाख २०८२ ०९:१७

धनगढी । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिमले अन्तरराष्ट्रिय श्रमिक दिवस मनाएको छ । बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गर्दै जिफन्टले १३७औ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाएको हो । 

जिफन्ट राष्ट्रिय कमिटि सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिफन्टका सहकारी प्रर्वद्धन कमिटिका केन्द्रिय संयोजक तथा नवजिवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बम रहेका थिए ।

कार्यक्रममा बोल्दै उनले श्रमिक दिवसका अवसरमा विगतदेखी नै विभिन्न कार्यक्रमहरु जिफन्तले गर्दै आएको बताए । उनले विगतका वर्षहरुमा रक्तदान, ¥याली लगायतका कार्यक्रमहरु धनगढीमा गरिदै आएकोमा यस वर्ष अत्तरियामा कृषि श्रमिकहरुको पनि कार्यक्रम रहेकाले श्रमिक दिवस यहाँ मनाईएको बताए । उनले मजदुरहरुका लागि सुदूरपश्चिमबाटै ऐक्यवद्धता कोष सुरु गरिएको बताए ।

कार्यक्रममा जिफन्ट सुदूरपश्चिमका अध्यक्ष मल्लले जिफन्ट श्रमिकहरुका हकहितका लागि गठन गरिएको बताए । उनले सबै श्रमिकहरुलाई संगठनमा आवद्ध हुन आग्रह गरे । उनले जिफन्टले श्रमिकहरुका लागि विभिन्न कामहरु गर्दै आएको बताए ।

clock शुक्रबार २०, बैशाख २०८२ ०९:१७

प्रतिक्रिया