धनगढी प्रज्ञा सदनद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका पूर्वसन्ध्यामा कर्मचारी सम्मान

  बुधबार १८, बैशाख २०८२ १८:१८

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ शुभकामना टोलस्थित धनगढी प्रज्ञा सदनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा आफ्ना कर्मचारीलाई  सम्मान गरेको छ ।

संस्था सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कार्यालय सहयोगी, सवारी चालक लगायत विभिन्न भूमिकामा रही सहयोग गर्ने सदस्यहरूलाई सम्मान गरेको सदनका प्रिन्सिपल तीर्थराज फुलाराले जानकारी दिए ।

सम्मानित हुनेमा गोविन्द राज भट्ट, सियाराम राना, बिरु राना, सुरज नेपाल, सरस्वती साउँद, जानकी बोहरा, नम्रता जोशी र शारदा रावल रहेका छन् । 

कर्मचारीको मनोबल बढाउन तथा प्रोत्साहन गर्न सम्मान गरिएको गरेको प्रिन्सिपल फुलाराले बताए । यसअघि प्रज्ञा सदनले सामाजिक उत्तरदायित्व अन्तर्गत शुभकामना टोल र संगम टोल विकास समितिलाई चार÷चार वटा डस्टबिन वितरण गरेको थियो । 

clock बुधबार १८, बैशाख २०८२ १८:१८

प्रतिक्रिया