रेशम चौधरी छिट्टै छुट्नुहुन्छ : रञ्जिता श्रेष्ठ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी छिट्टै रिहा हुने बताएकी छन्। प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका रेशम चौधरीलाई डिल्ली बजार कारागारमा राखिएको छ।
टीकापुर घटनासम्बन्धी मुद्दामा सर्वोच्चले पत्र काटेपछि उनी पक्राउ परेका थिए। सादा प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरी सिधै डिल्ली बजार पुर्याएको थियो।
सोही सम्बन्धमा अध्यक्ष श्रेष्ठले रेशम छिट्टै रिहा हुने बताएकी हुन्। 'रेशमजी छुट्टै छुट्नु हुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,' उनले नेता कार्यकर्तालाई आह्वान गरेकी छन्।
प्रतिक्रिया