मानविय बिकासमा लगानी बढाउनुपर्छ : सभापति पाठक

  बुधबार १८, बैशाख २०८२ ०६:०१

धनगढी । सुदुरपश्चिम प्रदेशसभा सामाजिक बिकास समितिका सभापति धर्मराज पाठकले भौतिक पुर्वाधार बिकासमा मात्रै केन्द्रित हुनु गलत रहेको बताएका छन् । धनगढीको फुलवारीमा आयोजित राष्ट्रिय अटिजम केयर सोसाइटी नेपालद्वारा आयोजित १८ औँ बिश्व अटिजम सचेतना दिवस केन्द्रित अटिजम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति पाठकले अब मानविय बिकासमा लगानी बढाउनुपर्ने बताए । बिकास भन्दा पुर्वाधारलाई मात्रै हेर्ने प्रवृती त्याग्नुपर्नेमा उनको जोड थियो ।

पछिल्लो समय राष्ट्रिय अटिजम केयर सोसाइटी नेपालले अटिजमका क्षेत्रमा काम गरिरहेका कारण यस बारे केही ज्ञान भएको छ उनले भने “१० वटा अपागंताका क्षेत्र मध्ये अटिजम क्षेत्र पनि निकै संबेदनसिल रहेछ भन्ने कुरा नागरिकले बुझ्दै छन्, अब सरकारी लगानी यता तर्फपनि बढ्नुपर्ने देखियो ।” अटिजम सम्बन्धी सचेतना फैलाउनु पहिलो काम रहेको पाठकले बताए । 

सबैभन्दा पहिला नागरिकलाई अटिजम सम्बन्धी जानकारी दिनु छ। अनी यसको नियन्त्रण बारे सोच्नुपर्छ उनले भने “अटिजमले कति सताएको छ त्यो बारे अटिजम भएका बालबालिकाका अबिभावकलाई थाहा छ, त्यस कारण मानविय बिकासमा अबको लगानी नबढे यस्ता समस्याले भयाभह अवस्था श्रृजना गर्छ, हामीले सरकारलाई यि बिषयमा लगानी गर्न ध्यानाकर्षण गराउँछौँ, स्थानिय तह र सघं संस्थाकोपनि यहाँ लगानी बढ्न आवश्यक छ ।”

पाठकले अटिजम सम्बन्धी जनचेतना बढाउन स्वास्थ्य स्वयमसेविका र शिक्षकको महत्वपुर्ण भुमिका हुने बताए । यि क्षेत्रबाट समाजमा जनचेतना बढाउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव डा।हेमराज रेग्मी, उप सचिव गणेश बहादुर सिहं, युएनडिपि सुदुरपश्चिम प्रमुख बैजन्ती गिरि लगायत धनगढी उपमहानगरपालिका १४ का अध्यक्ष मान बहादुर बिष्ट, वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीको उपस्थिती थियो ।

clock बुधबार १८, बैशाख २०८२ ०६:०१

प्रतिक्रिया