प्रचण्डको मर्निङवाकबाट सुरु भयो सुदूरपश्चिम माओवादी जागरण अभियान

  मङ्गलबार १७, बैशाख २०८२ ११:१२

धनगढी । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन हुँदैछ। हुलाकी राजमार्ग केन्द्रित अभियान टोली सोमवार साँझ कैलाली पुगेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारीलगायतको टोली बिहान सूर्यपुरदेखि सत्ती बजारसम्म प्रचण्डले मर्निङवाक गर्दै कैलाली कञ्चनपुरमा जागरण अभियानको शुभारम्भ गरेका थिए।

बिहान ८ बजे टीकापुर–८ सूर्यपुरमा सहिद परिवार भेटघाट, ९ बजे देखि १० बजेसम्म वडा नम्बर ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका–५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ। साढे १२ बजे कैलारी गाउँपालिका–५ वैसपुरमा जनसभा,दिउँसो साढे २ बजे सम्म धनगढी उपमहानगरपालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट र साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ। 

त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने छ। आज साँझ साढे ५ बजे अभियान टोलीलाई कञ्चनपुरका लागि धनगढी भन्सारबाट बिदाइ गरिने छ। १६ गते साँझ पुनर्वास नगरपालिका–११ डोकेबजारमा अभियान टोलीलाई स्वागत र गुम्बा निरीक्षण तथा पुनर्वास नगरपालिकाको कार्यालयमा स्वागत भेटघाट गरी वडा नम्बर २ मोतिबस्तीमा बास बस्ने तयारी छ।

भोलि बिहान पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा मर्निङवाक गर्ने छन्। ७ देखि ८ बजेसम्म मोतिबस्तीस्थित सहिद स्मृति सभा हलमा सहिद परिवार भेटघाट,साढे ९ देखि १० बजे बेलौरी नगरपालिका–५ स्थित रामनगर खानेपानी उद्घाटन, सहिद सालिक माल्यार्पण तथा सोभाताल अवलोकन र १०ः१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभा हलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम रहेको माओवादी केन्द्रले जनाकारी दिए।

१७ गते दिउँसो १ बजेदेखि साढे १ बजेसम्म बेलडाँडी गाउँपालिकाको चौवन्नी बजारमा भेटघाट र २ देखि साढे २ बजेसम्म बेदकोट सामादैजी हुलाकीमार्ग पश्चिम प्रवेशद्वारमा अवलोकन, सहिद परिवार भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। वैशाख १७ गते साढे ३ बजेदेखि ५ बजेसम्म भीमदत्त नगरपालिका–४ स्मारक चोकमा अभियान समापन कार्यक्रम रहेको छ।त्यसपछि अध्यक्ष प्रचण्ड कार्यक्रम सकेर काठमाडौं फर्किने छन्। अभियानमा प्रचण्डसहित नारायणाजी श्रेष्ठ, अग्नि सापकोटा, नन्दकिशोर पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल लगायतको सहभागिता रहेको छ।

clock मङ्गलबार १७, बैशाख २०८२ ११:१२

प्रतिक्रिया