माओवादी केन्द्रका प्रचण्ड भोलि कैलाली आउदै, यस्तो छ कार्यतालिका
धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमवार (भोलि) कैलाली आउने कार्यक्रम रहेको छ। उनी सोमवार र मंगलवार कैलालीमै रहने भएका हुन्।
नेकपा माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा उनी बैशाख १६ गते अर्थात भालि सोमवार टीकापुर नगरपालिका ८ सत्ती कर्णाली पुल पुग्ने कार्यक्रम रहेको छ। उनको रातिको बसाइ टीकापुर नगरपालिका ७, ८ र ९ स्थित सूर्यपुर र झुंगा बस्तीमा हुने भएको छ।
त्यस्तै उनी मंगलवार झुंगामा आयोजना हुने जनसभालाई सम्बोधनपछि भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुर पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रका कैलारी गाउँपालिका समिति अध्यक्ष बतासु चौधरीले जानकारी दिए। त्यहाँ उनको शहीद परिवार भेटघाट, जनसभा सम्बोधन लगायतको कार्यक्रम रहेको बताइएको छ।
प्रतिक्रिया