प्रविधि मैत्री र व्यवहारिक शिक्षामा जोड दिँदै धनगढीको मणिलेक ईन्टरनेशनल स्कुल

  आइतबार १५, बैशाख २०८२ ०९:५२

धनगढी । कैलालीको धनगढीमा रहेको मणिलेक ईन्टरनेशनल स्कुल विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर प्रविधि मैत्री बनाउनुका साथै व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ । स्कुलले विद्यार्थीको रुचिलाई प्राथमिकतामा राखेर अध्यापन गराउने गरेको छ । 

स्कुलमा सुविधा सम्पन्न भौतिक पूर्वाधार, दक्ष तथा अनुभवी विषय विशेषज्ञ शिक्षक, सुविधा सम्पन्न कम्प्युटर ल्याब, सुविधा सम्पन्न पुस्तकालय, आकर्षक सेमिनार हल, सुविधा सम्पन्न कक्षा कोठा र पर्याप्त मात्रामा खेल मैदान रहेको स्कुलमा प्रधानाध्यापक खडक कुवरले बताए ।  

विद्यार्थीको व्यक्तित्व विकासका लागि सैद्धान्तिक र व्यवहारिक ज्ञानमा विशेष प्राथमिकता दिएर व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप गराउनुका साथै प्रयोगात्मक विधिलाई जोड दिँदै आएको कुवर जानकारी दिए । 

मणिलेकमा पूर्ण तया मन्टेश्वरी विधि र अङ्ग्रेजी माध्यममा अध्यापन गराउँदै आएको बताउँदै उनले विद्यार्थीको क्षमताको आधारमा शिक्षण विधि प्रयोग गरेर पढाउने गरेको बताए । उनले स्कुलमा बिद्यार्थिलाई पढाइमा मात्रै जोड दीने नभएर अतिरिक्त क्रियाकलापमा समेत जोड दीने गरेको बताए । 

मणिलेक ईन्टरनेष्नल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।

यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको बताउँदै कुवरले स्कुल भित्र विद्यार्थीले गर्ने विविध गतिविधिको निगरानी सी। सी. टी. भि. बाट समेत गर्ने गरिएको बताए ।

clock आइतबार १५, बैशाख २०८२ ०९:५२

प्रतिक्रिया