डडेल्धुराको अमरगढी नगरपालिका एक वडाध्यक्ष कुटिए
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–६ का वडाध्यक्ष केवी ताम्राकारमाथि बिहीबार राति निर्घात कुटपिट भएको छ।
उनीमाथि बिहीबार साँझ वडानम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुरस्थित वडाकार्यालय नजिकै स्थानीय सन्देश खड्का र उनका बुवा सुरेश खड्काले कुटपिट गरिएको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार पीडित र पीडक दुबै पक्षले प्रहरीमा ठाडो उजुरी दिएका छन्।घटनाबारे प्रहरीले थप बुझिरहेको उनले बताएका छन्।
‘हिजो पीडक ९खड्का पक्ष०ले प्रहरीमा फरक ढंगले खबर गर्नुभएको थियो। आज फरक उजुरी आयो,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ।’
वडाध्यक्षले अश्लील शव्द प्रयोग गरेर गाली गरेको आरोप छ। घाइते वडाध्यक्ष उपचारका लागि धनगढी आएका प्रहरीले जनाएको छ।
घटनापछि अमरगढी नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै पीडकलाई कारबाहीको माग घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
प्रतिक्रिया