भीम रावलको अभियानमा लागेपछि सुदूरपश्चिमका नेता कुँवर एमालेबाट निष्कासित

  सोमबार ०९, बैशाख २०८२ ०७:२१

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले बालगिरी कुँवरलाई पार्टी सदस्यताबाट निष्कासन गरेको छ । अछाम साफेवगर–४, बस्ने कुवर नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य थिए । 

उनीसहितका केही नेताहरूले एमालेबाट निष्कासित डा. भीम रावलको अभियानलाई साथ दिने बताएका थिए । एमालेको जिम्मेवार पदमा रहेर पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै कुवरलाई कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त पदमा रही विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरि पार्टीको विरुद्धमा लागी भ्रम पूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ ।’

clock सोमबार ०९, बैशाख २०८२ ०७:२१

प्रतिक्रिया