गोदावरीका शिक्षक कर्मचारी पनि आन्दोलित
अत्तरिया । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले गत चैत २० गतेबाट काठमाण्डौमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेर समेत आन्दोलन गरिरहेका छन ।
सो आन्दोलनलाई सघाउन कैलालीको गोदावरी नगरपालिकाभित्र शिक्षक कर्मचारीहरु पनि आन्दोलित भएका छन । नेपाल शिक्षक महासंघले केन्द्रमा थालेको आन्दोलनलाई सहयोग गर्ने हेतुले गोदावरी नगरभित्र रहेका विभिन्न विद्यालयका शिक्षकरशिक्षिका तथा कर्मचारीहरु आन्दोलित भएका हुन ।
नेपाल शिक्षक महासंघ गोदावरी नगरस्तरिय आन्दोलन परिचालन उपसमितिले आजबाट आन्दोलनको थालनी गरेको छ । जुन आन्दोलन माग पुरा नभएसम्म जारी रहने उपसमितिका संयोजक ललन प्रसाद चौबेले जानकारी दिए ।
प्रत्येक दिन बिहान ८ बजेदेखी १० बजेसम्म आन्दोलन गरिने बताउदै उनले सरकारको गतिविधि हेरेर कार्यक्रम परिवर्तन गरिने बताए । उनले तत्काल शिक्षक कर्मचारी भएपनि आगामी दिनमा अभिभावकहरुलाई पनि आन्दोलनमा सरिक गराउने योजना बनिरहेको बताए ।
प्रतिक्रिया