धनगढीको कैलाली मोडेलले २ दिने आत्म रक्षा तालिम दिने

  आइतबार ०८, बैशाख २०८२ १३:२४

धनगढी । धनगढीको कैलाली मोडेलले २ दिने आत्म रक्षा तालिम दिने भएको छ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यमिक विद्यालले यहिँ बैशाख १९ र २० गते गरि २ दिन आत्म रक्षा सम्बन्धी तालिम दिने भएको हो। 

विद्यालयकै प्राङ्गणमा तालिम दिइने कैलाली मोडेल माध्यमिक विद्यालयका तेक्वान्दो डोजाङ्गका डोजाङ्ग प्रमुख पृथ्वीराज घिमिरेले बताए। तालिममा इच्छुक सबैले सहभागी हुन पाउने उनले बताए।

पछिल्लो समय सामाजमा मौलाउँदै गएका बिकृतिहरूले विशेष गरेर महिलाहरुलाइ समस्या, चुनौती भइरहेको हुँदा आफुमाथी आइपर्ने विभिन्न किसिमका स समस्याहरूबाट सुरक्षित रहनका लागी तालिम दिइने विद्यालयका प्राचार्य तपेन्द्रबहादुर सिंहले बताएका छन्।

clock आइतबार ०८, बैशाख २०८२ १३:२४

प्रतिक्रिया