राष्ट्रिय परीक्षा बोर्डले भन्यो – कक्षा १२ को परीक्षा स्थगीत भन्ने समाचार भ्रामक हो
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यहि बैशाख ११ गते देखि हुने भनिएको कक्षा १२ को परीक्षा बारे कुनै पनि निर्णय नभएको स्पष्ट पारेको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले विभिन्न सामाजिक संजालमा कक्षा १२ परीक्षा स्थगीत भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
भ्रामक समाचार फैलाउनेलाई निगरानी गरी कानूनी दायरामा ल्याउने समेत बोर्डले जनाएको छ । साथै परीक्षा जस्तो संवेदनशिल विषयमा भ्रामक समाचार नफैलाउन समेत अपील गरेको छ ।
प्रतिक्रिया