अछाममा १२ वर्षीया बलात्कृत बालिकाले जन्माइन् छोरी
धनगढी । अछाममा १२ वर्षीया बलात्कृत बालिकाले छोरी जन्माएकी छिन्। जिल्लाको चौरपाटीकी १२ वर्षीया बालिकाले छोरी जन्माएकी हुन् ।
भारतको सुरतमा एकै घरको अर्को कोठामा बस्ने मामा पर्ने पुरुषले आफूलाई पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीलाई बयान दिएकी थिइन्।
बालिका सुरतमा मजदुरी गरिरहेका बाबुआमासँग बस्थिन्। बालिकाको भनाइका आधारमा ४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो। आरोपित भारतमा भएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया