धनगढी प्रज्ञा सदनद्वारा टोल विकास समितिलाई डस्टबिन वितरण

  बिहिबार ०५, बैशाख २०८२ ०८:५३

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ शुभकामना टोलस्थित धनगढी प्रज्ञा सदनले सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा टोल विकास समितिलाई डस्टबिन वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व स् हाम्रो साझा दायित्व भन्ने नारासहित सदनले स्वच्छता प्रवद्र्धनका लागि मंगलबार शुभकामना टोल र बुधबार संगम टोल विकास समितिलाई चार÷चार वटा डस्टबिन वितरण गरेको हो ।

सदनका प्रिन्सिपल तीर्थराज फुलाराले शुभकामना टोल विकास समितिका अध्यक्ष दिर्घराज ओझा र संगम टोल विकास समितिका अध्यक्ष प्रकाश जोशीलाई डस्टबिन हस्तान्तरण गरे ।

May be an image of 12 people, people golfing and text

सामाजिक उत्तरदायित्व अन्तर्गत टोल विकास समितिलाई डस्टबिन वितरण गरिएको सदनका प्रोग्राम कोर्डिनेटर गोकर्ण जोशीले बताए । उनले आगामी दिनमा पनि सामाजिक कार्यक्रममा सदनले हातेमालो गर्दैजाने प्रतीबद्धता ब्यक्त गरे ।

डस्टबिन ग्रहण गर्दै संगम टोल विकास समितिका अध्यक्ष प्रकाश जोशीले सदनले पठनपाठनको माध्यमबाट शैक्षिक विकाससँगै सामाजिक उत्तरदायित्वलाई पनि वहन गरिरहेको भन्दै प्रसंशा गरे । उनले आगामी दिनमा पनि सदनले यस कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

clock बिहिबार ०५, बैशाख २०८२ ०८:५३

प्रतिक्रिया