गोदावरीको स्टेट सेभन होटेलमा आज साँझ साङ्गीतिक कार्यक्रम हुने

  आइतबार ०१, बैशाख २०८२ १०:३२

धनगढी । कैलालीको गोदावरीमा नयाँ वर्षको स्वागत तथा पुरानो वर्षको बिदाईसंगै साङ्गीतिक कार्यक्रमको तयारी पूरा भएको छ।

होटेल स्टेट सेभेनको आयोजनामा चैत्र ३१ आइतवार राति न्यू इयर इभ बेस सांस्कृतिक कार्यक्रम आयोजना गरिन लागेको होटेलका संचालक रुकुम भट्टले बताए। उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने बताएका छन्।

कार्यक्रममा राष्ट्रिय कलाकार एन्जीला रेग्मीको विशेष प्रस्तुति रहने छ। अन्य स्थानीय कलाकारहरूले आ–आफ्नो प्रस्तुती प्रस्तुत गर्ने छन्। यस्तै सदिक्षा चौधरी र धिर विक्रम सिंह लगायतका कलाकारहरूले नाचगान र कमेडी प्रस्तुति गर्नेछन्।

कार्यक्रमको प्रवेश शुल्क दुई सय ५० रुपैयाँ निर्धारण गरिएको छ। स्टेट सेभेन होटेलले खाने र बस्ने व्यवस्था समेत मिलाएको होटेल सञ्चालक रुकुम देव भट्टले बताए। 

राति ढिलो भए पनि आवत जावतमा सहजता ल्याउनका लागि दुई वटा नगर बस र प्राईभेट गाडीको सुविधा पनि मिलाइएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सहभागी भएर भरपुर मनोरञ्जन लिन आयोजकले सबैलाई अनुरोध गरेको छ । कार्यक्रम साँझ ५ बजे सुरु भएर राती १२ बजे सकिने छ ।

clock आइतबार ०१, बैशाख २०८२ १०:३२

प्रतिक्रिया