सौंराइ स्क्वायरमा आज न्यू इएर इभ आयोजना हुँदै
धनगढी । धनगढी उपमहानगरपालिका–४ शहीद गेटमा रहेको सौंराइ स्क्वायरमा ‘न्यू इयर इभ २०८२’ आयोजना हुँदैछ। नेपाली नयाँ वर्षलाई स्वागत गर्न आज (आइतबार) ‘न्यू इएर इभ’ हुन लागेको हो।
आज बेलुकी ७ बजेदेखि सौंराइ स्क्वायरमा न्यू इयर इभ आयोजना गरिएको सौंराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए। उनका अनुसार न्यू इयर इभमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुनेछ।
कार्यक्रममा साउथ एसियन स्टार गायक अशुसेन लामा, गायिका सोनु कुश्मी र डीजे नेहाको प्रस्तुति रहने आयोजकले जनाएको छ।
यसका साथै डान्सर अनु खड्का र स्मृति थापाको पनि प्रस्तुति रहनेछ। प्रवेश शुल्क २५० रुपैयाँ तोकिएको छ। सौंराइ स्क्वायरले नयाँ र विभिन्न चाडपर्वका बेला यस्ता किसिमका मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ।
प्रतिक्रिया