धनगढी नगरले लिएको कक्षा ८ को परीक्षामा उत्कृष्ट नतीजा ल्याउदै मणिलेक

  शनिबार ३०, चैत २०८१ ०७:१५

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा धनगढीको मणिलेक ईन्टरनेशनल स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ । पालिका स्तरीय परीक्षामा मणिलेक ईन्टरनेशनल स्कुलले बर्षेनी नतिजामा उत्कृष्ट सुधार ल्याउदै गएको हो । 

सामुदायिक विद्यालय तर्फ ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा धनगढीका ६३ संस्थागत विद्यालयबाट भने ८४ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ।

मणिलेक इन्टरनेशनल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर ल्याव र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।

यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको बताउँदै कुवरले स्कुल भित्र विद्यार्थीले गर्ने विविध गतिविधिको निगरानी सी। सी। टी। भि। बाट समेत गर्ने गरिएको छ ।

May be a graphic of 1 person and text

clock शनिबार ३०, चैत २०८१ ०७:१५

प्रतिक्रिया