नेपाल खेलकुद महासंघ डोटीको अध्यक्षमा विनाडी सर्वसम्मत
धनगढी । नेपाल खेलकुद महासंघ डोटीको अध्यक्षमा नवराज विनाडी सर्वसम्मत चयन भएका छन् । आइतबार जोरायल गाउँपालिकाको बुडरमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनले विनाडीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा कृष्णा सिराडी,सचिवमा ढकबहादुर खत्री, उपसचिवमा जगदीश ओझा,दिपक पाण्डेय र कोषाध्यक्षमा देवीलाल उपाध्याय पनि सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा खेम बोहरा, पुरन धामी, हस्त बिक,धिरज रोकाया,मनबहादुर कपड्याल,दिपक बोहरा, दीर्घराज ओझा, गणेश मल्ल, राधिका टमटा,केशव विष्ट, गणेश कोली, शंकर पनेरू, बम साउद र बिरेन्द्र धामी चयन भएका छन् ।
संगठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दको प्रमुख आथित्यतामा अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । चन्दले खेलकुदका माध्यमबाट एमाले पार्टी र नेतृत्वलाई सफल पार्न भूमिका खेल्न निर्देशन दिएका छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य चित्र भट्ट,सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश चन्द, पार्टीका प्रदेश सचिवालय सदस्य तथा जोरायल गाउँपालिका अध्यक्ष दुर्गा जोशी, एमाले डोटीका सचिव पदम भट्ट लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया