अनुपमा भेट्रान क्रिकेट लिग – २ काे उपाधी महेन्द्रनगर वारियर्सलाई
धनगढी । कैलालीको धनगढीमा सम्पन्न टेक्नाे माेवाइल अनुपमा भेट्रान क्रिकेट लिग – २ काे उपाधी महेन्द्रनगर वारियर्सले हात पारेकाे छ ।
धनगढीकाे चन्द्रसुर्य खेल मैदानमा भएकाे फाईनल खेलमा पिएफए अत्तरीयालाई ५ विकेटले हराउदै उपाधी हात पारेकाे हाे ।
महेन्द्रनगरले उपाधिसंगै नगर ७५ हजार सहित ट्रफि र मेडल हात पारेकाे छ । यस्तै उपबिजयता बनेकाे पिएफए अत्तरीयाले ३५ हजार ट्रफि र मेडलमा चित्त बुझायाे ।
टस जितर व्याटिङ गरेकाे पिएफए निर्धार २० मा १० विकेट गुमाउँदै १सय ४४ रन बनायाे। जवाफि व्याटिङमा उत्रिएकाे महेन्द्रनगरले १७.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेटायाे ।
खेलमा उत्कृष्ट व्याड्स म्यान निरज चन्द, उत्कृष्ट वलर गाेविन्द भट्ट, सर्वाेत्कृष्ट खेलाडी अरुण भण्डारी घाेषित भए । उनिहरु सबै पिएफए अत्तरीयाका खेलाडी हुन ।
खेलमा विजयी खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री माननीय रमेश धामीले पुरुष्कार बितरण गरेका हुन् । अनुपमा बेेकरीका सन्चालक दिनेश पन्तकाे सभापतित्वमा सम्पन्न पुरुस्कार वितरण कार्यक्रममा वडानम्वर ३ का अध्यक्ष राज वहादुर ऐर, निवर्तमान वडाध्यक्ष बल बहादुर ऐर लगायत खेलप्रेमि, खेलाडी लगायतको सहभागिता रहेको थियाे ।
अनुपमा बेकरीको आयोजनामा सम्पन्न प्रतियोगितामा ३३ वर्षमाथिका खेलाडीले मात्रै सहभागिता रहेको छ । प्रतियोगितामा कैलाली, कन्चनपुर र नेपालगन्जका १२ टिमकाे सहभागिता रहेको थियाे ।
प्रतिक्रिया