डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
डोटी । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घटनास्थलमै बलायरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
मृतक बलायर आइतबार बिहान घर लिपपोत गर्ने माटो खन्न रानीवनमा गएकी थिइन् ।
स्थानीयका अनुसार माटोको ढिस्कोले पुरिँएकी मृतक बलायरको ४ घण्टाको प्रयास पछि शव बाहिर निकालिएको थियो ।
माटो खन्ने क्रममा अन्य दुई जना महिलाहरु पनि माटोको ढिस्कोले पुरिएकी थिइन् । उनिहरुको अवस्था भने सामान्य रहेको छ ।
डोटीमा माटोको ढिस्कोमा पुरिएर वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।
प्रतिक्रिया