काठमाण्डौंबाट धनगढी आउँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु पाँच घाइते
काठमाण्डौंबाट धनगढी आउँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु पाँच घाइते
धनगढी । काठमाण्डौंबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
बसले बाटोमा हिँडिरहेका अन्दाजी ५०–५५ वर्षका पहाडी मूलका पुरुष पैदलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका ती व्यक्तिको चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न बाँकी रहेको बताइएको छ।
बसमा सवार पाँच जना यात्रुहरू घाइते भएका छन्, जसको चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया