मोहम्मद एल जौआनी एसपटकको एनएसएल धनगढी एफ.सी बाट खेल्ने
धनगढी । धनगढी एफसीले नेपाल सुपर लिगका लागि मोरक्कन खेलाडी मोहम्मद एल जौआनी लाई टोलीमा भित्र्याएको छ। मोरक्को यु–२३ अन्तर्राष्ट्रिय टोलीका पूर्व खेलाडी जौआनी उत्कृष्ट अनुभव, प्राविधिक कौशल र खेल नियन्त्रण गर्ने अद्भुत क्षमता भएका मिडफिल्डर हुन्।
उनको आगमनले धनगढी एफसीलाई थप मजबुत बनाउने विश्वास गरिनुका साथै उत्कृष्ट खेल कौशल र दूर दृष्टि भएका जौआनीले नेपाल सुपर लिगमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
धनगढी एफसीले यसअघि नै नाइजेरीयन फरवार्ड आफिज ओलावालेलाई पुनः टोलीमा अनुबन्ध गरिसकेको छ। भने लेबनानी फरवार्ड अहमद हजाजीलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। यसबाहेक, देवेन्द्र तामाङ, जेजस काकी, पासाङ लामा, विवेक पौडेल, विजयारथ शेख, रुद्र फुयाँल, रामचन्द्र वादी, शांतिलाल र अशोक खवासजस्ता खेलाडी टोलीमा रहेका छन्।
यस सिजनका लागि धनगढी एफसीले स्पेनका जुआन म्यानुएल मार्टिनेज सायेजलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। युइएफए प्रो लाइसेन्स प्राप्त मार्टिनेजले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, मालदिभ्स र बङ्गलादेशका क्लबहरूलाई प्रशिक्षण गराइसकेका छन्। भने नेपाली क्रिकेट टोलिका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी लाई ब्राण्ड एम्बासडर नियुक्त गरिसकेको छ।
धनगढी एफसीले चैत १६ गते सुरु हुन गइरहेको एनएसएलको तेस्रो संस्करणका लागि बलियो तयारी गरिरहेको छ। विदेशी तथा अनुभवी खेलाडीको आगमनले क्लबलाई उपाधि दाबेदार बनाउने अपेक्षा गरिएको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया