सुदूरपश्चिम र गण्डकीका प्रदेश प्रमुख डडेल्धुराको आलितालमा

  शुक्रबार ०२, फागुन २०८१ १३:२६

धनगढी । दुई प्रदेश प्रमुखले डडेल्धुराको पर्यटकीय क्षेत्र आलितालको अवलोकन भ्रमण गरेका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले बिहीबार आलिताल गाउँपालिका–३ मा रहेको आलितालको अवलोकन भ्रमण गरेका हुन् ।

प्रदेश प्रमुखद्वयलाई गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष, मैनाकुमारी रावल बोहरा, ३ नम्बर वडाका अध्यक्ष बलबहादुर बुढा मगर लगायतले स्वागत गरी तालको बारेमा जानकारी गराएका थिए ।

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले आफू पहिलोपटक आलिताल पुगेको बताउँदै सुदूरपश्चिम वास्तवमै सुन्दर रहेको बताए ।

गण्डकी प्रदेश प्रमुख भट्टले पारिवारिक भेटघाटको अवसरसँगै आलितालका जनप्रतिनिधिहरूसँग भेटघाट गर्न पाएको बताए ।  आफू आलिताल–३ चौडकै पूर्वबासिन्दा रहेको स्मरण गर्दै उनले बाल्यकालदेखि नै सो भेगसँग गहिरो सम्बन्ध रहेको बताए । 

clock शुक्रबार ०२, फागुन २०८१ १३:२६

प्रतिक्रिया