धनगढी र अत्तरियामा टीभीएसको ‘अनस्टपेबल फ्रिडम’ अभियानको अनावरण

  बिहिबार ०१, फागुन २०८१ ११:०८

धनगढी । टीभीएस मोटरसाइकलको कैलालीको धनगढीका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्स र अत्तरियाका लागि बागेश्वरी मल्टिमोटर्समा एक विशेष कार्यक्रम मार्फत ‘अनस्टपेबल फ्रिडम’ अभियानको औपचारिक अनावरण गरिएको छ । 

अभियानको अनावरण धनगढीको बागेश्वरी अटोमोटिभ्समा बुधबार गरियो भने अत्तरियास्थित बागेश्वरी मल्टिमोटर्समा मंगलबार गरियो । बागेश्वरीका सञ्चालक प्रेम साउँदको अध्यक्षतमा भएको कार्यक्रममा यहाँका मोटरसाइकलका मेकानिकहरुको उपस्थिति रहेको थियो ।  

यो अभियान टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भी एफडी र अपाचे आरटीआर १६० २ भी रीफ्रेश बीटी मोडेलका लागि ल्याइएको हो । जसअन्तर्गत २ वर्षसम्म समस्या रहित लिमिटलेस राइडको सुविधा प्रदान गरिने बताइएको छ ।

जगदम्बा मोटर्सले बाइक पारखीहरूलाई दुई वर्षसम्म निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्रदान गर्दै रु। ३१ हजारसम्मको बचतको अवसर दिने जनाएको छ । यो योजनाले ग्राहकहरूलाई सहज, सुरक्षित र चिन्तारहित यात्राको अनुभव दिने विश्वास कम्पनीको रहेको संचालक पण्डितले बताए ।

कार्यक्रममा सहभागी मेकानिकहरुले जगदम्बा मोटर्सले ग्राहकलाई लक्षित गर्दै नयाँ–नयाँ योजना ल्याउनु सकारात्मक कदम भएको बताए । आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा सुविधा आउनेमा उनीहरुले विश्वास व्यक्त गरे । 

टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट ह्यान्डलिङको संयोजनमार्फत ग्राहकहरूको मन जित्दै आएको छ । कम्पनीले आफ्नो सम्पूर्ण बाइक वा स्कुटरमा आजीवन वारेन्टीको सुविधा समेत प्रदान गर्ने जानकारी दिएको छ ।

नेपालभर १४० भन्दा बढी डिलर नेटवर्क रहेको जगदम्बा मोटर्सले टीभीएसलाई नेपालको सर्वाधिक रुचाइएको टू–विलर ब्रान्डका रूपमा स्थापित गरेको दाबी गरेको छ । यस अफर तथा अन्य योजनाबारे थप जानकारीका लागि ग्राहकहरू नेपालभरका टीभीएस डिलरशिपहरूमा सम्पर्क गर्न सक्नेछन् ।

clock बिहिबार ०१, फागुन २०८१ ११:०८

प्रतिक्रिया