अखिल नेपाल महिला संघ धनगढीको अध्यक्षमा थापामगर

  बुधबार ०१, फागुन २०८१ ०८:५४

धनगढी । अखिल नेपाल महिला संघ धनगढीको नगर अध्यक्षमा ल्याट्री थापामगर सर्वसम्मत चयन भएकी छन्। मंगलवार सम्पन्न भएको अखिल नेपाल महिला संघ धनगढी नगर कमिटीको दोस्रो अधिवेशनबाट थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

संघको उपाध्यक्षमा रुपा मास्के पुन, सचिवमा रेनुका ढुंगेल, कोषाध्यक्षमा लक्ष्मी सिंह, उपसचिवमा सिता बिक र हरिना रावल चयन भएका छन् । सदस्यहरुमा सावित्री राना, ज्योती थापामगर, सरस्वती सिंह, माया चौधरी, भिमा बिक, रामदुलारी राना, सुनिता चौधरी, हाजिरी रावल, आशाकुमारी सुनार, सपना बिसी लक्ष्मी कुँवर न्यौपाने, लक्ष्मी कोली, इन्द्रा बिक र रेखा बास्तोला पनि सर्वसम्मत चयन भएका छन्।

मंगलबार राति अबेर सम्पन्न अनेम संघको नगर सम्मेलनको बन्दसत्रबाट नयाँ कार्य समितिको टुंगो लागेको हो । त्यसअघि अखिल नेपाल महिला संघ धनगढीकी कार्यवाहक अध्यक्ष कन्दकला रानाको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथि अनेम संघकी केन्द्रीय अध्यक्ष टुका हमालको थिइन् ।

पार्टीका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना विशेष अतिथि थिए । पार्टीकी केन्द्र्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोश शर्मा थापा, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश सदस्य राजेश खाती लगायतका नेताहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।

अनेम संघकी कैलाली इन्चार्ज रुकमणी देवकोटा, प्रदेश अध्यक्ष इनुमा चौधरी, पार्टीका जिल्ला उपाध्यक्ष लोकेन्द्र बहादुर शाही, उपसचिव एवंम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट, जिल्ला सचिवालय सदस्य कृष्णा विष्ट लगायतका नेताहरु पनि सहभागी थिए ।

कार्यक्रममा बोल्ने अधिकांश नेताले महिलाहरु नेतृत्व तहमा आउनुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेसम्म महिलाहरु समानुपातिक प्रणालीमा बढि बस्ने गरेको बताउँदै अब प्रत्यक्ष चुनाव लड्ने गरि क्षमता अभिवृद्धि गर्न आवश्यक रहेका बताएका छन् ।

clock बुधबार ०१, फागुन २०८१ ०८:५४

प्रतिक्रिया