आजदेखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

मुख्यमन्त्री शाहले महोत्सवको  उद्घाटन गर्ने

  शुक्रबार १०, चैत २०७९ ०९:३५

धनगढी  । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आजदेखि सुरु हुँदै छ । चैत १० देखी १३ गतेसम्म  महोत्सव हुने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबाट महोत्सवको  उद्घाटन गर्ने भएका छन् ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर, प्रधानमन्त्री काम बिशेषले आउन नसक्ने सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ। साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ।

यस्तै कार्यक्रम मूल आयोजक समितिका संयोजक बरिष्ठ लोक गायक यज्ञराज उपाध्ययले धनगढीलाई बौद्धिक बहसको नागरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिने बताए । यसले  भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पुर्‍याउने हाम्रो विश्वास छ । प्यानल डिस्कर्षनमा कला, संस्कृति, राजनीतिक परिवेसलगायत थुप्रै विषयमा प्यानल डिस्कसन पनि हुने  छन् ।

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

clock शुक्रबार १०, चैत २०७९ ०९:३५

प्रतिक्रिया