अत्तरियामा भेटिएको विषादीयुक्त टमाटर नष्ट गरियो

  मङ्गलबार २९, माघ २०८१ ०८:१०

अत्तरिया । कैलालीको अत्तरियामा भेटिएको विषादीयुक्त तरकारी नष्ट गरिएको छ । गोदावरी नगरपालिका – २ लोटसगल्लीमा रहेको एउटा तरकारी पसलबाट बरामद गरिएका विषादीयुक्त ५ क्रेट टमाटर नष्ट गरिएको हो ।

उक्त पसलमा अनुगमनका क्रममा विषादीयुक्त टमाटर भेटिएपछि नष्ट गरिएको गोदारी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले बताईन ।

उनले कृषि उपज थोक बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका कर्मचारीहरुले अनुगमन गरेर गुणस्तर चेकजाँच गर्दा उक्त टमाटरहरुमा विषादी भेटिएको बताईन । उपप्रमुख रोकायाले तरकारी खरिद गर्दा ल्याब टेष्ट गरेर मात्रै खरिद गर्न तरकारी पसल सञ्चालकहरुलाई आग्रह गरिन ।

विषादीयुक्त तरकारीले उपभोक्ताहरुमा नराम्रो प्रभाव पार्ने र विषादी भेटिएर नष्ट गर्नुपर्दा पसल सञ्चालकलाई पनि नोक्सान हुने हुदाँ किन्नु भन्दा अगाडी ल्याब टेष्ट अनिवार्य गराउनुपर्ने उनको भनाई थियो ।

सोमबार उपप्रमुख सहित, नगरप्रवत्ता गोपालदत्त भट्ट, नगरप्रहरी, पत्रकार लगायतको रहोवरमा बरामद गरिएका सामग्रीहरु नष्ट गरिएका थिए ।

clock मङ्गलबार २९, माघ २०८१ ०८:१०

प्रतिक्रिया