अर्जुन ट्रफी : विवेक यादव भए उत्कृष्ट खेलाडी

  सोमबार २८, माघ २०८१ १८:१२

धनगढी । सिवाइसी अत्तरियाका विवेक यादव कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी भएका छन् ।

यादवको उत्कृष्ट प्रदर्शनको मदत्तले अत्तरिया प्रतियोगिताको च्याम्पियन भएको थियो । प्रतियोगिताभर उनले एक सय ५२ रन बनाए भने १० विकेट लिए । उनले नगद एक लाखसहित ट्रफी पाए । 

यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान भने डडेल्धुराका कुशल भुर्तेल भए । उनले पाँच खेलमा १३ विकेट लिएका थिए । एक सय ६८ रन बनाएका थिए । उनले पनि एक लाख नगदसहित ट्रफी पाए ।

यस्तै प्रतियोगितामा उदयमान खेलाडी भने डीसीए धनगढीका हिक्मत महरा भए । उनले नगद ५० हजारसहित ट्रफी पाए । 

clock सोमबार २८, माघ २०८१ १८:१२

प्रतिक्रिया