अर्जुन ट्रफिको उपाधिका लागि आज अत्तरिया र डडेल्धुरा भिड्दै

  सोमबार २८, माघ २०८१ ०७:१८

धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । आज दिउँसो सवा १२ बजे हुने खेलमा उपाधिका लागि सिबाईसी अत्तरिया र फेण्ड्स क्लब डडेल्धुरा बिच प्रतिस्पर्धा हुने छ ।

अत्तरिया आइतबार भएको देस्रो सेमिफाइनल खेलमा धनगढीलाईलाई पराजित गर्दै फाइनमा पुगेको हो भने शनिवार भएको पहिलो सेमिफाइनल खेलमा डडेल्धुरा न्यु होराईजन बुटवललाई पराजित गर्दै फाइनमा पुगेको थियो ।

दुवै बलिया टिम बिचको खेल आज निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा अत्तरिया ४ खेल मध्ये एक खेल पनि पराजित नभई फाइनमा प्रवेश गरेको छ भने डडेल्धुरा पनि एक खेल मात्रै पराजित भएको छ ।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् ।

clock सोमबार २८, माघ २०८१ ०७:१८

प्रतिक्रिया