कैलाली जिल्ला खेलकुद समितिद्वारा राखेपका नवनियुक्त सदस्यहरूलाई स्वागत तथा सम्मान
धनगढी । कैलाली जिल्ला खेलकुद समितिले राष्ट्रिय खेलकुद परिसदका नवनियुक्त सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ । कैलाली जिल्ला खेलकुद समितिले राष्ट्रिय खेलकुद परिसदका कार्यकारी बोर्ड सदस्य भान बहादुर चन्द र राष्ट्रिय खेलकुद परिसद बोर्ड सदस्य जगत सिंह धामी स्वागत तथा सम्मान गरेको छ ।
कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले आइतबार धनगढी रङ्गशालामा एक कार्यक्रमका बिच दुवै जनालाई दोसल्ला र माला लगाएर सम्मान गरेका हुन ।
नवनियुक्त कार्यकारी बोर्ड सदस्य भान बहादुर चन्द कञ्चनपुरका हुने भने परिसद बोर्ड सदस्य जगत सिंह धामी दार्चुलाका हुन । राष्ट्रिय खेलकुद परिसदमा सुदूरपश्चिमबाट २ जना सदस्य नियुक्त भएको यो पहिलो पटक हो ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै बोर्ड सदस्य जगत सिंह धामी सुदूरपश्चिमका खेलाडी र खेलकुदको विकासका लागि पर्ने बताए । सुदूरको खेलकुदमा समस्या धेरै छन् तिनको निवारण लागि पर्ने बताउँदै उनले सुदूरपश्चिमको खेलकुद विकासको लागि महत्त्वपूर्ण भूमिका रहने प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय खेलकुद परिसद कार्यकारी बोर्ड सदस्य भान बहादुर चन्दले खेलकुदको विकासका लागि तिनै तहका सरकार मिलेर काम गर्नु पर्ने बताए । उनले सुदूरपश्चिमका खेलकुदका भौतिक संरचना निर्माणका लागि पहल गर्ने गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले राखेपको बोडमा पहिलो पटक २ जना सदस्य नियुक्त भएको भन्दै खुसी व्यक्त गरे । कैलाली लगायत सुदूरपश्चिमका खेलकुद क्षेत्रमा धेरै समस्या रहेको बताउँदै उनले यसको समाधान गर्न तर्फ लाग्न अनुरोध गरे ।
प्रतिक्रिया