काठमाडौं जाँदै गरेको बस चितवनमा सेतीदोभान पुलबाट खस्यो

  आइतबार २८, माघ २०८१ ०७:२४

चितवन । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडक खण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् ।

 ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।

clock आइतबार २८, माघ २०८१ ०७:२४

प्रतिक्रिया