युवा व्यवसायी दाउत तामाङ गरे पुनर्वास नगरपालिकालाई सहयोग
कञ्चनपुर । पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिको बस्तीका समाजसेवी तथा युवा व्यवसायी दाउत तामाङले पुनर्वास नगरपालिकालाई सहयोग गरेका छन् । बिहिबार सामाजिक उत्तरदायित्व वहन गर्दै युवा व्यवसायी तामाङले नगरपालिकालाई सहयोग गरेका हुन ।
व्यवसायी तामाङले कार्यालय सन्चालनमा सहजताका लागि चार थान कम्प्युटर, दुई थान प्रिन्टर, दुई थान टिन दराज र दुई थान टेबल सहयोग गरेका हुन् । आगजनी र तोडफोडका कारण पालिकाबाट नागरिकले पाउनुपर्ने सेवासुविधा समेत पाउने अवस्था नरहदा आफूहरुले सहयोग गरेको तामाङको भनाई छ ।
सामग्री बुझ्दै नगर प्रमुख तोय प्रसाद शर्माले तामाङको सहयोगलाई “प्रशंसनीय र उदाहरणीय” भन्दै अन्य समाजसेवी र संघसंस्थालाई पनि यस्तै योगदानका लागि आह्वान गरे । उनले भने, “दाउत तामाङले दिएको सहयोगले नगरको सेवा सञ्चालनमा नयाँ ऊर्जा थपिएको छ ।
यो योगदानले समाजलाई प्रेरित गर्नेछ ।” सहयोग हस्तान्तरणपछि तामाङले भने, “मेरो पुनर्वास म बनाउँछु भन्ने भावनासहित यो सहयोग गरेको हुँ । यो सुरुवात मात्र हो, आवश्यक परे भविष्यमा पनि हात बढाउन तयार छु ।”
प्रतिक्रिया