कैलाली जिल्ला खेलकुद समितीद्वारा खो खो खेलका खेलाडीलाई सम्मान

  बुधबार २३, माघ २०८१ १६:२५

धनगढी । कैलाली जिल्ला खेलकुद समितीले खो–खो खेलको विश्व उपविजेता नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ । एक कार्यक्रमकाबीच कैलाली जिल्ला खेलकुद समितीका अध्यक्ष ललीत खत्रिले बुधबार धनगढीमा खेलाडीहरुलाई सम्मान गरेका हुन् । 

प्रतियोगिताका खेलाडीहरूलाई  प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको कैलाली जिल्ला खेलकुद समितीका कार्यालय प्रमुख आश्रम केसीले जानकारी दिए ।

भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उपविजेता भएका थिए । सो खेलमा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो भने पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए ।

सो प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ देशको सहभागिता रहेको थियो । नेपालमा १९९० पछि खो–खो खेल खेल्न सुरू भएको हो ।

clock बुधबार २३, माघ २०८१ १६:२५

प्रतिक्रिया