आन्तरिक राजस्व कार्यालयले स्थायी लेखा नम्बरमा कर छुट दिने

  बुधबार २३, माघ २०८१ ०७:४५

धनगढी । आन्त्रिक राजस्व कार्यालय, धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने भएको छ। आर्थिक ऐन, २०८१ को दफा २२ अनुसार करमा छुट दिइने भएको हो

आन्तरिक राजस्व कार्यालय, धनगढीले आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० मा कर लाग्न आर्य–आर्जन गरेका भएपनि स्थायी लेखा नम्बर नभएका व्यक्तिलाई २०८१ को फागुन मसान्तसम्म कर निःशुल्क गरेको हो।

गत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्मको लाग्ने शुल्क तथा ब्याजमा मिनाहाको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। फागुन महिना पछि भने उनीहरूले ब्याजसहितको शुल्क कार्यालयमा बुझाउनुपर्ने छ।

आर्थिक वर्ष २०८०/८१ सालको हकमा उक्त सुविधा नरहेको कर कार्यालयले जनाएको छ। आर्थिक ऐन, २०८१ को दफा २४ मा मूल्य अभिवृद्धि करको विवरण पेस नगर्ने करदातालाई फागुनसम्मका लागि सुविधा दिइएको छ।

२०८० सालसम्मको मूल्य अभिवृद्धि कर पेस नगरेका र करमा दर्ता नभएकाहरूले मूल्य अभिवृद्धि कर र ५० प्रतिशत व्याजको रकम २०८१ फागुन मसान्त भित्र बुझाउदा जरिबाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा गरिएको हो। तर, २०८० साउन महिनादेखिको भने सबै रकम तिर्नुपर्ने छ।

clock बुधबार २३, माघ २०८१ ०७:४५

प्रतिक्रिया